काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।
नर्दन टेरिटोरीले दिएको १७८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा मात्र पुर्याउन सक्यो। नेपालका ओपनर कुसल भुर्तेल ८ र आसिफ शेख ११ रनमा आउट भए भने लोकेश बम रनको खाता खोल्न सकेनन्।
मध्यम ब्याट्सम्यान रोहित पौडेल २३ र कुशल मल्ल ३४ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रन बनाए। सोमपाल कामी १ रनमै आउट भए भने रुपेश सिंह ८ र सन्दीप लामिछाने २ रनमा नटआउट रहे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, साहव आलमले २ विकेट, र रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेलले समान १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। उनीहरूका लागि ओपनर डिआर्सी सर्टले ५१ रन बनाए। उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै, ज्याकव डिकमान ११ रनमा आउट भए।
नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। नर्दन टेरिटोरीका अन्य ब्याट्सम्यानले क्रमशः कोनर क्यारोल १८, जोर्डन सिल्क १९, थोमस एन्ड्रयूज ३२, र क्याडेल म्याकमोहन १२ रनको योगदान दिए।












