Outline Khabar
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026
                                                       
No Result
View All Result

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

एनसेल फाउन्डेसन र आइकम नेपालबीच सहकार्य, संग्रहालय र सम्पदाको प्रवर्द्धन

काठमाडौं । एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्धन” नामक एक वर्षे परियोजना सम्पन्न भएको छ ।

यस परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो । परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्षहरू समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारि देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ ।

Subisu

यसै परियोजनाअन्तर्गत साउन २७ गते मंगलबार सातै प्रदेशको प्रतिनिधित्व हुने गरी अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ । प्रकाशन यो परियोजनाको अर्को महत्त्वपूर्ण काम हो । नारायणहिटी दरबार संग्राहलयमा आयोजिक एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “संग्रहालय”को पहिलो अंक विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा युनेस्को काठमाडौँ कार्यालयका प्रमुख, एनसेलका प्रतिनिधि, सम्पदा तथा संस्कृति क्षेत्रमा संलग्न विज्ञ, संग्रहालयकर्मी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

जर्नलको विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको संग्रहालयको विभिन्न आयामहरु उल्लेख गरि जर्नल प्रकाशन हुनु उत्कृष्ट प्रयास गरिएको बताउँदै जर्नलको प्रकाशनमा एनसेल फाउन्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजि क्षेत्रको सहभागिताको प्रशंसा गरे । उनले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथ ब्यवस्थापनका लागि सरकाले नीति निर्माणमा काम गरिरहेको बताए । उनले नेपालका संग्राहलय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

कार्यक्रममा नेपालका संग्रहालयहरुको बारेमा तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

“कला, संस्कृति भनेका हाम्रा पहिचान हुन् र यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा हामी खुसी छौं । नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा संवद्र्धन एनसेल फाउन्डेसनको प्राथमिकता क्षेत्र मध्येको एक हो,” एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको दु तोइले साँस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयहरुले भुमिका खेलेको उल्लेख गर्दै संग्रहालय सँस्कृतीको अझै विकास गर्नुपर्ने धारणा राखे ।

इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै सँकृतीको सँरक्षणमा काम गर्ने बताए ।

त्यसैगरी उनले यो परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १ सय भन्दा बढि संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको बताए ।

यो तालिम संग्रहालय, प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी संचालन गरिएकाले तिनै तहका सरकार तथा समुदाय र निजि संग्रहालयलाई सँगै जोडेर संग्रहालयका आधारभूत कुराहरुमा छलफल समेत गर्न सहयोग पुर्‍याएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मी बीच छलफल गर्ने आधार समेत बनेको छ । तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्न पर्ने विषयहरुमा छलफल गरिएको थियो ।

यस परियोजना अन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माणको काम पनि सम्पन्न भएको छ । यो वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको आजावलाई समावेश गरेको छ ।

आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा तथा स्थानीय र प्रदेश सरकारहरूको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकास लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालय सम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालन सम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पु¥याएको सरोकारवालाहरूको धारणा छ ।

सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न यो परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा सहभागीहरूले यस किसिमका प्रभावकारी परियोजनाहरूलाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउन्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थाहरूलाइ पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

ट्रम्पले संसदसँग मागे १.५ ट्रिलियन डलर रक्षा बजेट

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

बलात्कारको आरोप लागेपछि पक्राउ परे कलाकार ‘बले’

काठमाडौंको मूलपानीमा प्रहरीले गोली चलायो, १० जना पक्राउ

काठमाडौंमा प्रहरीको सेफ्टी अपरेसन, एकैरात पक्राउ परे १३ जना

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

सातवटै प्रदेशलाई निर्देशन- सबै निकायको स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र पठाउनू

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

स्वास्थ्य क्षेत्रमा सरकारको दाबीः ३२ अस्पतालका १०५ बेडमा निःशुल्क उपचार, जलन वार्ड विस्तार

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

एमालेले सच्यायो बादलको भाषण, यी ६ बुँदे प्रस्ताव पारित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host