काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको चुनावी तालिका अनुसार तोकिएको समयमा अध्यक्षको पदमा उनको मात्रै उम्मेदवारी पारेको हो ।
स्पेयर पार्ट्स व्यवसायी उप्रेती यसअघि नाडाको महासचिव थिए । उनी सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
नाडाको केन्द्रीय कार्यसमितिका सदस्यहरूको निर्वाचन यही पुस २५ गते तय गरिएको थियो । प्रदेश सदस्यमा ७ जनाको उम्मेदवारी पारेको छ भने साधारण सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारीहरूलाई निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडाको कार्यकारिणी समिति सर्वसम्मत निर्वाचित भएको छ ।












