काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्काशित भएका महामन्त्री डा. मुकुल ढकालले आफु रवि लामिछाने क्लवबाट निस्कासित भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ।’
उनलाई रास्वपाको अनुशासन आयोगको मंगलबारको बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको गर्ने निर्णय गरेको थियो ।