काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै माथिबाट ढुंगामाटो खस्दा केही समय सवारी आवागमन अवरुद्ध भएको थियो।
सडक डिभिजन भरतपुरका अनुसार, ढुंगाहरू झर्ने क्रम रोकेपछि मेसिन प्रयोग गरेर पहिरो हटाउने कार्य पूरा गरिँदै सडक अहिले पुनः सञ्चालनमा आएको हो।
वर्षाे समयमा सो क्षेत्र पहिरोको उच्च जोखिमयुक्त भएकाले यात्रु तथा चालकहरूलाई सडकको अवस्था बुझी मात्र यात्रा गर्न अनुरोध गरिएको छ।












