काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा अघि बढाइएको आयोजनाको भुक्तानी रोकिएको जानकारी दिएको छ ।
मन्त्रालयले एमसीसीले २०८१ फागुन २ गते इमेलमार्फत नेपालको सरकार र उक्त परियोजना कार्यान्वयन गर्न बनाइएको निकाय एमसीए नेपाललाई पठाएको पत्रअनुसार एमसीसी फण्डबाट हुने क्रियाकलाप ९० दिनका लागि स्थगन भएको जानकारी दिएको हो ।
मन्त्रालयले भनेको छ, ‘अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले मिति २०८१–११–२ गतेको इ(मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्ड बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।’