Outline Khabar
शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १२, २०८३
Saturday, April 25, 2026
                                                       
No Result
View All Result

अलबिदा, प्रिय मायाकुमारी !

अलबिदा, प्रिय मायाकुमारी !

काठमाडौं । मायाकुमारी नामको भैंसीको मृत्यु भएपछि विधिवत् रुपमा अन्त्येष्टि गरिएको छ । पशु खासगरी भैंसीलाई भावपूर्ण विदाई गरिएको यो बिरलै घटना हो । उक्त भैंसी ललितपुरस्थित स्नेह केयर्स सेन्टरमा राखिएको थियो । उसको मृत्युपछि स्नेहा श्रेष्ठले लेखेकी छिन्, ‘बधशालाभित्र टाउकोमा बज्रिएको घनको प्रहार कति दर्दनाक हुन्छ भन्ने तिमीलाई मात्र थाहा थियो । मृत्युको बज्र टाउकोमा बज्रिदाँ पनि पेटको सन्तानका लागि मृत्यु जित्न सक्ने तिम्रो मातृशक्तिको गाथा सायदैले वयान गर्न सक्ला ।’

Subisu

यो भैंसीको कथा वास्तवमै हृदयविदारक छ । केही बर्षअघि उनलाई मासुको लागि बधशालामा पु¥याईएको थियो । बधशालामा उनको टाउकोमा घन प्रहार गरियो । त्यसको तोडले उनी रन्थनिएर भाग्न थाले । भाग्दै–भाग्दै एउटा विद्यालयभित्र पसेर लुके।
भाग्ने क्रममा केही मान्छे र गाडीलाई समेत क्षति पुर्याएको थियो । त्यही कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन विभागका कर्मचारी भेला भए । उनीहरुले भैंसीलाई मार्ने तयारी थाले । यत्तिकैमा पशु अधिकारकर्मीहरु त्यहाँ पुगे । उनीहरुले सो भैंसीलाई मार्न होइन बचाउन जरुरी भएको भन्दै सेल्टरमा लिएर आए ।

भैंसीको हालत एकदमै दर्दनाक थियो । उसको टाउकोमा घनको डोब थियो । सिङ भाँचिएको थियो । सिङ र आँखाबाट रगत चुहिएको थियो । बधशालामा काट्न ल्याइएको उक्त भैंसी दुई महिनाको गर्भवती रहेछन् । स्नेह केयर्समा राखेर उसलाई स्याहारसुसार गरेपछि केही महिनामा बच्चालाई जन्म दिइन् । बच्चालाई ‘मैचा’ नाम दिइयो । मैचा नेवारी नाम हो, जुन प्रेमपूर्वक मैया भनेर सम्बोधन गरेजस्तै हो ।
भैंसीको दुई वटा थुनबाट मात्र दूध आउने रहेछ । ‘दूध कम्ती दिने भएकाले उसलाई मासुको लागि बेचिएको रहेछ’ स्नेह श्रेष्ठले भनिन्, ‘जवकि बधशालामा पु¥याउँदा उनको पेटमा दुई महिनाको गर्भ रहेछ ।’

सेल्टरमा ल्याएपछि उनीहरुले भैंसीको नाम मायाकुमारी राखे । सुरु सुरुमा भैंसी डराउने र आक्रमण गर्ने खालको थियो । ‘मान्छेलाई देख्नसाथ घन हान्न आएको होला भनेर डराएको हुनुपर्छ’ श्रेष्ठले भनिन्, ‘पछि विस्तारै हामीसँग हेलमेल हुँदै गइन् र मान्छेलाई विश्वास गर्न थाले ।’

यसपालीको गाईतिहार उनलाई पनि पूजा गरिएको थियो । भैंसी सुभानी थिइन् । कसैलाई हानि–नोक्सानी नगर्ने । तर, पहिले बधशालामा घनको प्रहारले गर्दा उनको स्वास्थ्यमा समस्या देखियो । विस्तारै हिँड्न र उठ्न नसक्ने भयो । łहामीले धेरै उपचार ग¥यौं’ श्रेष्ठले भनिन्, ‘तर, बचाउन सकिएन ।’

एउटा अबोध र मायालु प्राणी गुमाउनुपर्दा निकै दुःख लागेको उनले बताइन् । श्रेष्ठले मायाकुमारीको नाममा शोक व्यक्त गर्दै लेखेकी छिन्, ‘पीडा र वेदना बोकेर भौतारिरहेकी तिमीलाई भाग्यले भेट्यौं । तिम्रो दुःख–सुखको साथी बन्यौं । प्रिय मायाकुमारी, तिम्रो मायाको चिनो मैचाको मुख हेरेर तिम्रो झल्को मेटाउनुबाहेक हामीसँग कुनै विकल्प छैन ।’

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डिआइजीमा बढुवा सिफारिस

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन सुरु, बिहानैदेखि डोजर परिचालन

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

पक्राउ परे राप्रपा वरिष्ठ नेता पाण्डे, क वर्गका ठेकेदार रहेका पाण्डेमाथि यस्ता आरोप

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

थापाथलीको सुकुमबासी वस्ती हटाउने तयारी, सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

बैठक बस्दै नबसी संसद अधिवेशन अन्त्य, सरकारले अध्यादेश ल्याउन खोजेको हो ?

ट्रम्पले भने- इरानसँग समझौता नभएसम्म नाकाबन्दी हट्दैन, धम्कीबाट नडराउने इरानको जवाफ

ट्रम्पको दाबीः स्ट्रेट अफ होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host