काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यसपालि दशैँका अवसरमा मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले अजा एक दशैँ विशेष मोसम बुलेटिन जारी गरी उक्त जानकारी दिएको हो।
यस्तो छ प्रभाव
असोज १४ (अष्टमी) : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।
असोज १५ (नवमी) : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना।
असोज १६ (दशमी) : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।












