काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेविच मन्त्रालयको बाँडफाँड टुंगिएको छ। शीर्ष नेताहरूबीच मन्त्रालयको टुंगो लागे पनि मन्त्रीहरुको भने अझै टुंगो लाग्न बाँकी छ। शीर्ष समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने छन्।
सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ वटा मन्त्रालय लिने भएका छन्। एमालेको भागमा अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार मन्त्रालय परेको छ।
यस्तै, कांग्रेसले गृह, रक्षा, परराष्टङ, ऊर्जा, स्वास्थ्य, सहरी विकास, पर्यटन, कानुन र वन मन्त्रालय पाउने भएको छ । मन्त्रीको टुंगो भने सोमबार लाग्ने भएको छ। कांग्रेस उपप्रधानमन्त्री दिएर प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने छ।
एमालेले उपप्रधानसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ ।
सरकारमा सहभागी हुने साना दलका लागि कुन मन्त्रालय दिने भन्ने बिषयमा भने टुंगो लागेको छैन।