काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
उनीहरूबीच काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन र काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई सघाउने सहमति भएको हो ।
शनिबार माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले चुनावी तालमेलबारे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।












