काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ। मोहना अन्सारी, जगदिश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो।
मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन। पत्रकार खरेलले सञ्चार र वैज्ञानिक पुनले विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन्।
उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ।












