काठमाडौं । बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनीषरत्न शाक्यको मेरुदण्डको अपरेसन गरिने भएको छ। विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो। पाइलट शाक्य भने बाँच्न सफल भएका थिए।
उनलाई लगत्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा लगेर उपचार थालिएको थियो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार, उनको मेरुदण्डको अपरेसन हुने भएको छ।












