Outline Khabar
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, अशोज २९, २०८३
Thursday, October 15, 2026
                                                       
No Result
View All Result

मलेसिया जाने नेपालीका लागि नयाँ नियम, २७५ म्यानपावरबाट मात्रै भर्ती

मलेसिया जाने नेपालीका लागि नयाँ नियम, २७५ म्यानपावरबाट मात्रै भर्ती

काठमाडौं। नेपालसँगको छलफलबिनै मलेसियाले नेपाली म्यानपावर कम्पनीलाई सीमित घेरामा राखेर कामदार भर्ना गर्ने गरी अघि बढाएको नयाँ व्यवस्था अब कार्यान्वयनमा जाने भएको छ।

आगामी ५ नोभेम्बरदेखि मलेसियाले नेपालबाट कामदार लैजाँदा २५ प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी (पीआरए) र तिनसँग आबद्ध २५० एसोसिएट रिक्रुटमेन्ट एजेन्सी (एआरए) गरी २७५ म्यानपावरको संरचना प्रयोग गर्ने भएको हो।

Subisu

मलेसिया सरकारका लागि विदेशी कामदार व्यवस्थापन प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा जारी गरेको मेमोमार्फत नयाँ व्यवस्थाको कार्यतालिका सार्वजनिक गरेको हो।

यसअघि मलेसियाले नेपालका २५ म्यानपावरलाई ‘प्रिन्सिपल’ बनाएर तिनकै मातहत २५० कम्पनीलाई ‘एसोसिएट’का रूपमा राखेको थियो। अब यही संरचनाबाट मात्र नेपालबाट नयाँ कामदार भर्ती गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

नेपालले प्रश्न उठाउँदै आएको संरचना नै लागू हुँदै

मलेसियाले नेपालका म्यानपावरलाई एफडब्लुसिएमएसमा आबद्ध गराएर सीमित कम्पनीमार्फत मात्रै कामदार भर्ना गर्ने प्रक्रिया अघि बढाएपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ।

वैदेशिक रोजगार विभागले गत भदौमा एफडब्लुसिएमएसमा सूचीकृत २५० म्यानपावर कम्पनीसँग उनीहरूको छनोटको आधार, मापदण्ड र कानुनी आधारबारे स्पष्टीकरणसमेत मागेको थियो। विभागले सात दिनभित्र विभिन्न प्रश्नको जवाफ दिन निर्देशन दिएको थियो।

नेपालले सीमित कम्पनीलाई मात्र कामदार पठाउने अधिकार दिने व्यवस्थाले एकाधिकार वा प्रतिस्पर्धा कमजोर पार्न सक्ने भन्दै कूटनीतिक माध्यमबाट समेत आपत्ति जनाइसकेको छ। तर, मलेसियाले भने आफ्नो मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ व्यवस्था कार्यान्वयन गर्ने तयारी अघि बढाएको छ।

 अब पुरानो प्रणालीमा मेडिकलको समय सकिँदै

नयाँ व्यवस्था लागू हुनुअघि पुरानो प्रणालीबाट नेपाली कामदारको बायो–मेडिकल दर्ता गर्ने अन्तिम मिति १५ अक्टोबर तोकिएको छ।

बेस्टिनेटका अनुसार उक्त मितिसम्म श्रमिकको बायो–मेडिकल विवरण एफडब्लुसिएमएसमा सफलतापूर्वक पठाएर रेकर्डमा आइसकेको हुनुपर्नेछ। त्यसपछि पुरानो व्यवस्थाअन्तर्गत नयाँ बायो–मेडिकल दर्ता गर्न पाइने छैन।

तर, अहिले प्रक्रियामा रहेका कामदारको प्रक्रिया भने बीचमै रद्द नहुने भएको छ। मेडिकल सेन्टरलाई बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला रिपोर्ट, पुनः परीक्षण, मेडिकल रिभ्यु वा विवरण सच्याउन बाँकी रहेका काम तत्काल पूरा गर्न भनिएको छ।

पुरानो प्रणालीअन्तर्गत मेडिकल प्रक्रिया पूरा गरेका योग्य कामदारले ३१ अक्टोबरसम्म भिसा विथ रेफरेन्स (भीडीआर) आवेदनको प्रक्रिया अघि बढाउन सक्नेछन्।

२६ अक्टोबरमा तालिम, ४ नोभेम्बरमा लिंक

नयाँ प्रणाली कार्यान्वयनअघि २६ अक्टोबरमा पीआरए प्रणालीको दर्ता तथा खाता सक्रियतासम्बन्धी तालिम सञ्चालन गर्ने बेस्टिनेटले जनाएको छ।

त्यसपछि ४ नोभेम्बरमा पीआरए दर्ताका लागि आधिकारिक लिंक उपलब्ध गराइनेछ। त्यसको भोलिपल्ट अर्थात्  ५ नोभेम्बरदेखि २५ पीआरए र २५० एआरएको संरचनाबाट नयाँ भर्ती प्रक्रिया अघि बढ्नेछ।

नयाँ व्यवस्थाअन्तर्गत सुरुमा २५ पीआरएमार्फत नयाँ बायो–मेडिकल दर्ता सुरु हुने बताइएको छ।

 बेस्टिनेटले छनोट गरेको होइन, स्वीकृति सरकारकै

बेस्टिनेटले भने आफ्नो भूमिका प्रणाली सञ्चालन, प्राविधिक व्यवस्थापन, सहयोग र तालिममा मात्र सीमित रहने स्पष्ट पारेको छ।

कुन म्यानपावरलाई स्वीकृति दिने वा मान्यता दिने तथा भीडीआर आवेदनमा निर्णय गर्ने अधिकार सम्बन्धित सरकारी निकायमै रहने उसको भनाइ छ। त्यसैले बेस्टिनेटको प्रणालीमा दर्ता हुनु वा अकाउन्ट सक्रिय हुनु मात्रै कुनै कम्पनी मलेसिया सरकारबाट आधिकारिक रूपमा स्वीकृत भएको अर्थ नलाग्ने पनि स्पष्ट पारिएको छ।

संक्रमणका नाममा फेरि मेडिकल र शुल्क नलिन निर्देशन

नयाँ प्रणालीमा प्रवेश गर्ने क्रममा अहिले प्रक्रियामा रहेका कामदारको अभिलेख सुरक्षित राख्न, दोहोरो दर्ता नगर्न र संक्रमणकै कारण पुनः मेडिकल परीक्षण वा अतिरिक्त शुल्क नलिन बेस्टिनेटले मेडिकल सेन्टर तथा भर्ती एजेन्सीलाई निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार कामदार स्थानान्तरण, पुनः दर्ता, पुनः मेडिकल परीक्षण वा थप शुल्क आवश्यक भए आधिकारिक निर्देशनअनुसार मात्रै गर्नुपर्नेछ।

 विवादबीच लागू हुँदैछ नयाँ प्रणाली

मलेसियाले विदेशी कामदार व्यवस्थापनलाई डिजिटल र केन्द्रीकृत बनाउन एफडब्लुसिएमएस प्रयोग गर्दै आएको छ। प्रणालीले मेडिकल, भिसा, शुल्क तथा अन्य प्रक्रियालाई एकीकृत गर्ने उद्देश्य राखेको बेस्टिनेटले जनाएको छ।

तर नेपालका हकमा समस्या प्रणालीको डिजिटलाइजेसनभन्दा कामदार भर्ती गर्ने म्यानपावर कम्पनीको छनोट र सीमिततामा केन्द्रित भएको छ।

नेपालले छनोट प्रक्रियाको आधारबारे प्रश्न उठाउँदै आएका बेला मलेसियाले त्यही २५ पीआरए र २५० एआरएको संरचनालाई औपचारिक रूपमा कार्यान्वयनमा लैजाने कार्यतालिका सार्वजनिक गरेको हो। अब १५ अक्टोबरको बायो–मेडिकल कटअफपछि पुरानो प्रक्रिया बन्द हुँदै ५ नोभेम्बरदेखि नेपाली कामदारको मलेसिया भर्तीमा नयाँ संरचना पूर्णरूपमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host