काठमाडौं । न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता नेपालको नाम सिफारिस गरेका हुन् । संविधानमा प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनविद् न्यायपरिषद्को सदस्यमा नियुक्त हुने व्यवस्था छ ।
न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीको चार वर्षे कार्यकाल १० असारमा सकिँदै छ । उक्त रिक्त हुने पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले नेपाललाई न्यायपरिषद्को सदस्यमा सिफारिस गरेका हुन् ।
न्यायपरिषद् सदस्यमा सिफारिस भएका नेपालको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिले नेपालको नाम अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिने छ ।












