काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षामन्त्री विद्या भट्टराईले आफ्नै कमजोरीले राजीनामा दिएको टिप्पणी गरेका छन् ।
भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएलगत्तै सामाजिक सञ्जालमा लेख्दै बस्नेतले शिक्षकका माग सम्बोधन गर्न नसकेपछि शिक्षामन्त्रीले राजीनामा दिएको दाबी गरेका हुन् ।
मन्त्री भएको बेलादेखि नै मन्त्रीको कार्यसम्पादनमा कुरा उठेको दाबी बस्नेतले गरेका छन् ।
‘शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलन नटुङ्गिएपछि राजीनामा दिनु भएको छ। आन्दोलन नटुंगिनु शिक्षक महासंघ सँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु स्वयं मन्त्री कै कमजोरीको संकेत हो,’ बस्नेतले लेखेका छन्, ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’












