Outline Khabar
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, माघ १०, २०८२
Saturday, January 24, 2026
                                                       
No Result
View All Result

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

तरकारीको मूल्य अचाक्ली वृद्धि

काठमाडौं । महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको हो ।

गत वर्ष २०८१/८२ को कात्तिकमा मुद्रास्फीति ५.६० प्रतिशत थियो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत थियो ।

Subisu

आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत थियो ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशत, मरमसलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ ।

बिमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ । कात्तिकमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.२६ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८० प्रतिशत, मधेस प्रदेशको १.७३ प्रतिशत, बागमती प्रदेशको ०.८१ प्रतिशत, गण्डकी प्रदेशको ०.३७ प्रतिशत, लुम्बिनी प्रदेशको १.२७ प्रतिशत, कर्णाली प्रदेशको १.०८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.२६ प्रतिशत छ ।

त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६ प्रतिशत, तराईको १.२४ प्रतिशत, पहाडको ०.८८ प्रतिशत र हिमालको १.०६ प्रतिशत छ । २०८२ कात्तिकमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.६५ प्रतिशत छ । २०८१ कात्तिकमा थोक मुद्रास्फीति ५.१६ प्रतिशत थियो ।

कात्तिकमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.९१ प्रतिशत छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ३.१४ प्रतिशत र २.२६ प्रतिशत छ । त्यस्तै निर्माण सामग्रीको थोक मूल्य सूचकांक ३.२४ प्रतिशतले बढेको छ ।

२०८२ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत छ । सन् २०२५ नोभेम्बरमा भारतमा उपभोक्ता मुद्रास्फीति ०.७१ प्रतिशत थियो ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

ताजा समाचार

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

श्रीपञ्चमी : सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै

श्रीपञ्चमी पर्व, हनुमान ढोकामा वसन्त श्रवण

जाँचबुझ आयोगको म्याद २० दिन थप

जाँचबुझ आयोगको म्याद २० दिन थप

हामीलाई चुनाव लड्न नदिए देशमा फेरि चुनाव हुँदैन : रेशम चौधरी

उम्मेदवारी खारेज भएपछि रेशम लेख्छन्,‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

उम्मदेवारहरुको नामावली प्रकाशन हुँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host