काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालसहित ९३ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ‘साक्षी बुझ्ने’ आदेश दिएको छ।
आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ‘साक्षी बुझ्ने’ आदेश एका हुन। पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।












