काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले
मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।
विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १० बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुनेछ ।
वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।
पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।