काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र बुझाएका छन्।
सरकारमा सहभागी दलका संसदीय दलका नेताहरूले संविधानको धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मतका लागि वातावरण मिलाइदिन अनुरोध गर्दै पत्र पेश गरेका हुन्। सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।













