काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिँदै एमालेले अब जनमत पार्टीसँगको सहकार्य सम्भव नरहेको जनाएको हो ।
सिंह सिके राउत नेतृत्वको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । उनको नेतृत्वमा बनेको सरकारले जनअपेक्षाअनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ ।
एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।












