Outline Khabar
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025
                                                       
No Result
View All Result

‘कला साहित्यमा मदन भण्डारी’ र ‘मदन’ शोककाव्य लोकार्पित

‘कला साहित्यमा मदन भण्डारी’ र ‘मदन’ शोककाव्य लोकार्पित

काठमाडौं । पद्मोदय मा.वि.रामशाहपथको सभाकक्षमा जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृह, डिल्लीबजारद्वारा प्रकाशित ‘कला साहित्यमा मदन भण्डारी’ र जनसांस्कृतिक महासङ्घ नेपालद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण तथा परिचर्चा सम्पन्न भएको छ ।

एमाले उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त विशेष समारोह मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको साप्ताहिक कार्यक्रमअन्तर्गतको दोस्रो शृङ्खला ‘पुस्तक लोकार्पण तथा परिचर्चा’ विशेष कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले गर्नुभएको थियो भने सञ्चालन महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपानेले गरेका थिए ।

Subisu

समारोहमा विशिष्ट अतिथिका रूपमा एमाले नेता एवम् कला, संस्कृति विभाग प्रमुख माननीय रघुजी पन्त उपस्थित रहेको  उक्त समारोहमा अतिथिका रूपमा डा.विजय सुब्बा, माननीय मेनका पाखेरल, मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, प्रा.डा.षडानन्द पौड्याल, प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.कृष्णप्रसाद घिमिरे, डा.हरिप्रसाद सिलवाल, प्रा.केशव सुवेदी, प्रा.डा.ध्रुवकुमार घिमिरे, राजेश थापा, सुशिला प्रधानाङ्ग, राम विनय, अशोक राई, दिनेश डिसी, बैकुण्ठ महत, धनेन्द्र बस्नेत, डा.फणीन्द्रराज निरौला, शुष्मा राजभण्डारी, डा.नागेन्द्र अर्याल, तारा न्यौपाने, नमुना शर्मा, नर्मदेश्वरी सत्याल, डा.निलम अधिकारी, डा.कृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

निमन्त्रणा स्वीकार गरी उपस्थित भइदिने सम्पूर्ण व्यक्तित्वलाई प्रा.केशव सुवेदीले स्वागत गर्दै मदन भण्डारीको विचारलाई व्यवहारमा रूपान्तरण गर्ने चुनौती वर्तमानमा विद्यमान रहेको औँल्याए । लोकार्पण गरिएको दुई वटा ग्रन्थ अत्यन्त महत्त्वपूर्ण रहेका र प्रकाशन भनेको ज्ञानको परम्पराको सम्बर्धन पनि हो भन्ने धारणा राखे ।

‘कला साहित्यमा मदन भण्डारी’ र ‘मदन’ (शोककाव्य)को लोकार्पण प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले संयुक्तरूपमा गरे । लोकार्पित ‘मदन’ शोककाव्यबाट निष्ठा निरौलाले केही श्लोक अत्यन्त सुमधुर लयमा वाचन गरेका थिए । ‘कला साहित्यमा मदन भण्डारी’ कृतिका लेखकहरू प्रा.डा.यादवप्रकाश लामिछाने, प्रा.डा.कृष्णप्रसाद घिमिरे, आर.सी.न्यौपाने, प्रा.डा.षडानन्द पौड्याल, डा.हरिप्रसाद सिलवाल र सुशिला प्रधानाङ्गलाई प्रमुख अतिथिले कृति उपहार दिएर सम्मान गरेका थिए ।

विशिष्ट अतिथि माननीय रघुजी पन्तले यो विशेष समारोहमा दुइटा महत्त्वपूर्ण कृति लोकार्पित भएका छन् । यी कृति पढेर विचार ग्रहण गर्ने अनि व्यवहारमा लागू गर्ने काम हामी सबैले गरौँ भन्ने धारणा राखे भने प्रमुख अतिथि प्रदीप ज्ञवालीले लोकार्पित दुई वटै कृति अत्यन्त गहकिला छन् । पछिल्लो समयमा सांस्कृतिक वैचारिक बहस कम भएका अर्थात् समग्र राजनीतिले नै संस्कृतिलाई कम महत्त्व दिएको यथार्थ हो ।

आफ्नो जीवनको जम्माजम्मी ४१ वर्ष पनि नबाँचेका, जम्मा साढे दुई वर्ष मात्र सार्वजनिक जीवन बिताएका, संसद्मा जम्मा दुई वर्ष मात्र उपस्थित हुनपाएका मदन भण्डारीले अत्यन्त छोटो समयमा राष्ट्रिय राजनीतिमा अत्यन्तै सशक्त प्रभाव देखाएका छन् । उनको हत्या गरिएपछि भारतको द टेलिग्राफ भन्ने अखबारले ‘छोटो जीवनमा नेपाली राजनीतिमा तरङ्ग ल्याइदिने व्यक्ति’ भनेर चर्चा गरेको छ ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिवले अन्त्येष्ठीमा समेत सामेल भएर फर्किएपछि ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको महानायक’ भनेर लेखेका छन् । त्यसैगरी नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंहले ‘यो मान्छेको हातमा नेपाली लोकतन्त्र जिम्मा लगाउँदा हुन्छ भन्ने लागेको थियो’ भनेर उल्लेख गरेका दृष्टान्तले नै मदन भण्डारीको क्षमताको मूल्याङ्कन भएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र माओवादीको प्रचण्डपथजस्ता विचारलाई पाखामा पुर्याइदिएको वा किनारा लगाइदिएको छ । संयुक्त जनआन्दोलन नेपाली राजनीतिको रूपान्तरणका लागि आवश्यक छ भन्ने पुष्पलालको मान्यतालाई अवलम्बन नगरिएको पृष्ठभूमिमा मदन भण्डारीले संयुक्त जनआन्दोलनको सूत्रधारको काम गरेका हुन् ।

२०४६ सालको आन्दोलन सफल भएपछि उक्त आन्दोलनका उपलब्धि, सीमा र पछि गर्नुपर्ने सुधारका पक्षमा मदन भण्डारीले सशक्त विश्लेषण गरेका छन् । उनले प्रजातन्त्रले जनताको जीवनस्तरमा सुधार गर्नसक्नुपर्छ भन्ने मान्यता राख्नुका साथै प्रगतिशील राष्ट्रवादका पक्षमा वकालत गरेका छन् । आवश्यक परे पद होइन जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरे ।

छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उनले थोरै लेखे तर अत्यन्त महत्त्वपूर्ण लेखे । वर्गीय चिन्तन, जनपक्षधरता, सरल तथा सशक्त विम्ब र प्रतीकको प्रयोग साहित्यका क्षेत्रमा मदन भण्डारीका स्थापित विशेषता हुन् । लोकार्पित भएका कृतिमा लेखकहरूले मदन भण्डारीका विचारलाई सुन्दरढङ्गले व्याख्या, विश्लेषण, बहस गरेका छन् । अहिले हामी स्रष्टाले जबजको सिद्धान्तअनुसार सिर्जना गर्नु आवश्यक छ ।

हिंसाको सौन्दर्यशास्त्रका बारेमा बहस गरिरहेको वर्तमानलाई हामीले हस्तक्षेप गर्नु आवश्यक छ । मनोरञ्जनका विकल्प पर्याप्त भएका वेलामा कला, साहित्य कसरी बाँच्नसक्छ ? भन्ने चिन्ता पनि छ तर अब्बल सिर्जना अमर हुन्छन् । सबै उस्तै हुने भन्ने भ्रम सिर्जना गर्ने र नेपाली समाजको रूपान्तरणमा अग्रपङ्क्तिमा रहेर योगदान गर्ने राजनीतिक शक्तिलाई पनि दोषी करार गर्ने खालका प्रयत्नका विरुद्धमा सशक्त सिर्जना गरिनु आवश्यक छ । आज श्रमको सम्मान गर्ने असारको पन्द्रको सुअवसरमा लोकार्पित यी दुई कृतिले आफ्नो स्थान निर्धारण गर्ने छन् भन्ने मलाई लागेको छ र यो सत्कर्मका लागि म महासङ्घलाई हार्दिक धन्यवाद दिन्छु भने ।

समारोहका अध्यक्ष प्रेमनाथ अधिकारीले महासङ्घ र यसमा रहेका हामी जीवनपर्यन्त वैचारिक सङ्घर्ष गरिरहेका व्यक्ति हौँ । पार्टीको अपेक्षानुसार काम हामीले गर्ननसकेका पनि हौँला तर विद्वानहरूको सङ्गत र सहकार्यले मलाई भने ऊर्जा प्राप्त भइरहेको, उत्साह पैदा भइरहेको छ । मदन भण्डारीको विचारले पार्टीलाई सशक्त मात्र पारेको होइन नेपाली समाजलाई नै रूपान्तराको मार्ग देखाइदिएको छ ।

त्यसैले मदनको जन्मजयन्तीको अवसर पारेर असार १४ देखि २० गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको हो र आजको यो विशेष समारोह दोस्रो शृङ्खला हो । २० गते महासङ्घकै सभाकक्षमा साङ्गीतिक कार्यक्रम गरी समापन गरिने छ । सोही दिन आज लोकार्पित ‘मदन’ शोककाव्यलाई नाटकीकरण पनि गरिने छ ।

‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको महासङ्घको सोच रहेको छ । आजको यो विशेष समारोहमा उपस्थित भइदिनुहुने सबै सबैलाई हार्दिक धन्यवाद दिन्छु भन्दै ‘दही चिउरा खाने’ सांस्कृतिक दिन पनि परेकाले त्यसमा पनि सहभागिताका लागि अनुरोध गर्दै समारोहको समापन गरे ।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

ताजा समाचार

बढ्यो रेमिटेन्स आप्रवाह, ११ खर्ब ९८ अर्ब भित्रियो

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

तरकारीको मूल्य अचाक्ली वृद्धि

महँगी वृद्धिदर १.११ प्रतिशतमा सीमित

नेप्से १७.१८ अंकले घट्यो

शेयर बजार सामान्य अंकले बढ्यो

एमाले महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी,दुबैले टुंग्याए समूहको पदाधिकारी प्यानल

एमाले ११औँ महाधिवेशनः अध्यक्ष बन्न ओली र पोखरेलको उम्मेदवारी दर्ता

तस्वीरमा हेर्नुस् एमाले बन्दसत्र

एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीका लागि पनि शुल्क तोकियो

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको बिदाइ

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host