काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ ।
एमालेले सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको थियो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने प्रक्रिया सुरु गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएका हुन् ।
प्रमुख सचेतक चौधरीले प्रदेश प्रमुख अमिक शेरचन काठमाडौंमा रहेकाले उनको सचिवालयलाई जानकारी पत्र दिएको बताए । लुम्बिनीमा चैत २३ गते एमालेसहित ५ दल र एक स्वतन्र प्रदेश सभा सदस्यसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २९ प्रदेश सदस्य रहेको एमालेका ५ मन्त्रीले बिहिबार नै राजीनामा दिएका छन् ।
लुम्बिनीमा एमाले नेतृत्वमा सरकार गठन हुने केन्द्रको निर्देशन अनुसार नै पहल सुरू गरिएको चौधरीले बताए ।