काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नयाँ समीकरणअनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवासँग मंगलबार भएको छलफलबारे बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेपछि नयाँ गठबन्धनमा जाने निर्णय भएको छ ।