काठमाडौँ। ललितपुरमा लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।
महाधिवेशनबाट लायन वर्ष २०२६-२७ का लागि नयाँ नेतृत्व चयन गरिएको हो। डिष्ट्रिक्ट गभर्नर पदमा लायन तारा भुसाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन मनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।
निर्वाचित नेतृत्वलाई मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका तर्फबाट खादा र मालासहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।












