काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकमाझ ‘अप्सरा आमा’को रूपमा परिचित वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि गरिएको छ । उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।
श्रेष्ठको शुक्रबार राति क्यान्सरका कारण निधन भएको थियो। अन्त्येष्टिपूर्व उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको थियो ।
दाहसंस्कारमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, हास्य कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाल लगायत सांगीतिक तथा नाट्य क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
पछिल्ला केही वर्षदेखि क्यान्सरबाट पीडित रहेकी श्रेष्ठ अन्तिम ३५ दिनदेखि ओछ्यानमै थलिएर उपचारमा थिइन्। उनको निधनले नेपाली हास्य तथा टेलिभिजन क्षेत्रले एक अनुभवी, समर्पित र जनप्रिय कलाकार गुमाएको महसुस गरिएको छ।












