Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ,आइतबारबाट मात्र कानुनी प्रक्रिया सुरु हुने

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

काठमाडौं। गत भदौमा भएको जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको छ।

गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलन दमनका क्रममा भएको मानवीय क्षति र त्यससम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Subisu

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकले आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक अवस्थालाई नियन्त्रण गर्न आवश्यक संवेदनशीलता र पर्याप्त कदम नचालेको निष्कर्ष निकालेको थियो। आयोगले मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अन्तर्गत अपराधजन्य लापरवाही (नेग्लिजेन्स) सम्बन्धी कसुरमा कारबाही सिफारिस गरेको थियो। आयोगको निष्कर्षअनुसार आन्दोलनका क्रममा सुरक्षा निकायको गोली प्रहारबाट दर्जनौं प्रदर्शनकारीको ज्यान गएको थियो र राज्य संयन्त्रले समयमै क्षति रोक्न प्रभावकारी भूमिका निर्वाह नगरेको ठहर गरिएको छ।

प्रहरीका अनुसार ओलीलाई भक्तपुरको गुन्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेस्थित निवासबाट बिहानै नियन्त्रणमा लिइएको हो। शुक्रबार राति मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले विशेष अपरेसन योजना बनाएको थियो। पक्राउपछि दुवैलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ। ओलीको प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सरकारको नेतृत्वमा रहेका नयाँ गृहमन्त्री सुधन गुरुङ ले आयोगको सिफारिस कार्यान्वयन कानुनी दायित्व भएको बताएका छन्।

आज सार्वजनिक बिदा परेकाले दुवैलाई प्रहरी हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरिनेछ। आइतबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा उपस्थित गराई म्याद थप मागिने तयारी छ। अदालतबाट अनुसन्धानका लागि समय प्राप्त भएपछि विस्तृत बयान, प्रमाण संकलन, चार्जसिट दर्ता र त्यसपछि नियमित सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।

यदि अदालतले आयोगको निष्कर्षअनुसार दोष प्रमाणित गर्‍यो भने मुलुकी फौजदारी संहिताअनुसार उनीहरूलाई १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ।

यसबीच एमालेले पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । देशव्यापी विरोध कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। एमाले निकट स्रोतका अनुसार पार्टीले आइतबारदेखि चरणबद्ध आन्दोलन घोषणा गर्न सक्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जा मन्त्री

सम्पत्ति शुद्धीकरणमा पक्राउ परे कांग्रेस नेता दीपक खड्का

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host