काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको बताएका छन्।
सोमबार नयाँबानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको बताएका हुन्।
तपाईं प्रधानमन्त्री बन्ने चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने,’यसवर्ष त त्यस्तो लाग्दैन मलाई, खोई!’