काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्।
संघीय संसद भवन परिसरमा सोमबार पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले भने ‘बालेनलाई सोध्नुस्।’
सोमबार बिहान काठमाडौं महानगरका मेयर शाहले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको बैना फिर्ता गर्न आग्रह गरेका थिए।