काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। मंगलबार साँझ ६ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै प्रधानमन्त्री ओलीले संवादको माध्यमबाट समाधान खोज्न अपिल गरेका छन्। उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थिक निष्कर्षको लागि संवद्ध पक्षसँग संवादमा भइरहेको उनले बताएका छन्।
जेनजी पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सोमबारदेखि आन्दोलन सुरू गरेको छ। आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ भने सयौं घाइतेहरूको उपचार भइरहेको छ।












