काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।
उपसभामुखमाथि लागेको आरोप कपोलकल्पित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले उनलाई हटाउने कार्यको विरोध गर्ने बताए । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई प्रचण्डले यस्तो बताएका हुन् ।
उनले कांग्रेस–एमालेको यो कार्य गलत भएको टिप्पणी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभामुख बनेकी रानालाई कांग्रेस–एमालेले हटाउने तयारी गरेको छ ।












