काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सरिक हुन पुगेका उनले सम्बोधनका क्रममा यस्तो टिप्पणी गरेका हुन्।
उनले बुद्धकाे सन्देश जहिले पनि सान्दर्भिक हुनेबारे चर्चा गर्ने क्रममा भने,’बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्।’ यसै क्रममा उनले भारत र पाकिस्तानबीच झण्डै हात हालाहालकाे अवस्था भएकोमा आफूहरूले आग्रह गरेपछि त्यो रोकिएको अभिव्यक्ति दिएका हुन्। ‘भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्यौँ,’ उनले भने।