Outline Khabar
सोमवार, कार्तिक २४, २०८२
Monday, November 10, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, कार्तिक २४, २०८२
Monday, November 10, 2025
                                                       
No Result
View All Result

कृषि मानव जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्रः प्रधानमन्त्री

कृषि मानव जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्रः प्रधानमन्त्री
Subisu

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई मानव जीवनका लागि अत्यावश्यक, अपरिहार्य र सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा औंल्याएका छन् ।

मंगलबार दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Subisu

‘‍…६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ । तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ । कृषि सबैभन्दा बढी महत्त्वपूर्ण क्षेत्र हो । कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्त्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो,’ प्रधानमन्त्री ओलीले भने ।

नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित भए पनि राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान न्यून रहेको बताउँदै कृषिको यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणको खाँचो रहेको उनले औंल्याए ।

कृषिमा लगानीअनुसार प्रतिफल नहुनु, उपयुक्त बजारको अभाव, तथा उत्पादन र उत्पादकत्व न्यून हुनु प्रमुख समस्या भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीतिगत रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘मानव जातिका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्र कृषि हो । तर, यो नै पछाडि परेको छ । त्यसकारण आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ । जनसंख्या यसरी वृद्धि भइराखेको छ कि तर अहिले अलिकति मत्थर भएको छ । तर पनि हाम्रोजस्तो कृषि प्रधान भनिएको ठाउँमा, जहाँ ६० प्रतिशत जनसंख्या कृषि पेशामा अल्झिएको छ, त्यस्तो देशमा पनि कृषिको अवस्था यस्तो हालतमा छ कि हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नु पर्ने अवस्था छ । पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन । तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ । यो बहुतै दुःखको कुरा हो । जसलाई हामी फेर्न चाहिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

कृषि र पशुपालनबाटै आधुनिक सभ्यता सुरु भएको उल्लेख गर्दै उनले वातावरणीय समस्याहरू (ग्लोबल वार्मिङ, सी लेबल राइज, ग्लेसियर पग्लिनु आदि) पनि कृषिसँग गाँसिएको बताए । वनजंगलमा आगलागी र पराल जलाउँदा उत्पन्न हुने प्रदूषणले वातावरण र स्वास्थ्यमा नकारात्मक असर पार्ने हुँदा क्षेत्रीय स्तरमा संयुक्त प्रयासको आवश्यकता औंल्याए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री

आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमय दर

‘हिमपातका कारण जोखिम छ, यात्रा नगर्नू’

यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

रास्वपाको विस्तारित बैठक: आगामी निर्वाचन लक्षित रणनीति तय

रास्वपाको विस्तारित बैठक: आगामी निर्वाचन लक्षित रणनीति तय

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host