काठमाडौं । प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।
आज सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूबीचको बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्दा कसरी प्रतिवाद गर्ने भन्नेबारेमा छलफल भएको उनले बताए । असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दैछन् ।