काठमाडौं । मच्छिन्द्र एफसीले केपी ओली कप फुटबलको उपाधिमा ह्याट्रिक गरेको छ । सोमबार भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मच्छिन्द्रले दबदबा कायमै राखेको हो ।
मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा मच्छिन्द्रको क्रस क्लियर गर्ने क्रममा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो ।
दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले उत्कृष्ट फर्स्ट टच फिनिस गर्दै मच्छिन्द्रको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले फेरि पनि उपाधि रक्षा गर्न सफल भयो ।












