काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज बिहान राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएपछि प्रधानमन्त्री ओलीले काठमाडौंको लैनचौरस्थीत सहिद स्मारकमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, बिष्णु पौडेल लगाएतका नवनियुक्त मन्त्रीहरुले पनि शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे ।