काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गरेका छन् । ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद् गठन तथा कार्यविभाजन भएको छ । २२ सदस्यीय मन्त्रिपरिद्मा जम्मा दुई जना मात्र महिला छन् ।
कांग्रेसकी आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् भने एमालेकी विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । यो मन्त्रिपरिषद्मा महिलाको सहभागिता जम्मा ९.०९ प्रतिशत मात्र छ । यस्तै मन्त्रिपरिषद्मा दलित अटाएका छैनन् । कांग्रेसका जीवन परियार र एमालेका छविलाल विश्वकर्मा मन्त्री बन्ने चर्चा रहेको थियो ।