काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारीमा तुरुन्तै ध्यान दिन आग्रह गरेका छन्।
सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ उद्घाटन कार्यक्रममा ओलीले खेलकुदमा राजनीति नगर्न भने ।
उनले भने, “खेललाई विकास गर्नुपर्छ, राजनीतिबाट टाढा राख्नु जरुरी छ। तिमीहरूले एनपिएललाई व्यवस्थित गर्न काम अगाडि बढाउनुपर्छ।”
प्रधानमन्त्रीले खेललाई आम्दानी र व्यवसायको क्षेत्रमा परिणत गर्न सफल बनाउने अपेक्षा व्यक्त गर्दै भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक राख्न सक्ने रंगशाला बनाउन निर्देशन दिए।
उनले राष्ट्रिय खेलकुद मिति सार्न नहुने भन्दै भने, “अब तिमीहरूले मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता तय गर। मिति सार्न मिल्दैन।”












