Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

इटहरी । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जाल गठन गरिएको छ ।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरू, अभियन्ता तथा सरोकारवालाहरूलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य लिएको छ । जलवायु परिवर्तनका असरहरू, बढ्दो प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयहरूलाई प्राथमिकतामा राख्दै सञ्जालले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी पहल गर्ने जनाइएको छ । यस सञ्जालको मुख्य उद्देश्य वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन र जलवायु न्यायका मुद्दामा वकालत गर्नुका साथै, जलवायु कार्य र न्यायसँग मेल खाने गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेशस्तरसम्म प्रवद्र्धन गर्नु हो ।

Subisu

सञ्जालले आफ्ना सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र जेसुकै भए पनि, उनीहरूका गतिविधिहरूमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समाहित गर्ने दिशामा काम गर्नेछ । यसले विभिन्न क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय बढाउने, साझा अभियानहरू सञ्चालन गर्ने तथा समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ । बैठकमार्फत सञ्जालको प्रदेशस्तरीय समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा लखन लाल साह चयन भएका छन् । समितिका सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा तथा सुमन कार्की रहेका छन् । विविध पृष्ठभूमिका व्यक्तिहरूको सहभागिताले सञ्जाललाई समावेशी र बलियो बनाउने विश्वास गरिएको छ ।
सञ्जाल गठनको बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले सहजीकरण गरेका थिए । उनले जलवायु संकटको वर्तमान सन्दर्भमा यस्ता सञ्जालहरूको आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै, कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदमका रूपमा वर्णन गरे ।

क्लिन अप नेपालले कोशी प्रदेशस्तरीय जलवायु कार्य र न्याय सञ्जालमा नियुक्त सबै सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान र सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Prabhu

Prabhu

Anand Sharma served as the senior correspondent at Kranti Kendra, responsible for comprehensive news coverage across various sectors, including politics, economy, and social issues.

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host