लमजुङको मध्यनेपाल नगरपालिका वडा नं.१० थान्सिङ कोटगाउँमा कोदो रोप्दै किसान । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका अनुसार जिल्लाका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् ।
विशेषगरी जिल्लाका दोर्दी, नाल्मा, भुलभूले, पसगाउँ, भोजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ ।
जिल्लाका किसानले ढल्लो, स्थानीय, ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीयवासी कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा सात हजार ५१८ हेक्टर क्षेत्रफलमा कोदो रोपाइँ हुँदै आएको छ । तस्बिरः सुरज गुरुङ













