काठमाडौं । प्रतिनिधिसभा रुपन्देही–३ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको घोषणा गरेका किरण विकलाई शहरी विकास योजनाकार तथा नीति–निर्माता प्रा.डा. तेज कार्कीले समर्थन गरेका छन्।
उम्मेदवार विकको मुख्य एजेन्डा रुपन्देहीको भैरहवालाई व्यवस्थित सहरीकरण गर्ने रहेको कार्कीले उल्लेख गर्दै भनेका छन्,‘किरणले चुनाव जितेपछि यो मुद्दा संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्, त्यसैले म उनको उम्मेदवारीको समर्थन गर्छु ।’
प्रा.डा. कार्कीले अमेरिकाबाट पीएचडी गरेका छन् र चीनमा पाँच वर्ष विकाससम्बन्धी अध्यापनको अनुभव राखेका छन् । उनी काठमाडौं विकास प्राधिकरणका पूर्व आयुक्त समेत हुन् र हाल काठमाडौं विश्वविद्यालयको प्लानिङ स्टुडियोमा अध्यापन गरिरहेका छन्।












