काठमाडौं । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत एक नेपाली छात्रा मृत भेटिएकी छन् ।
वीरगन्जकी प्रिसा शाह मृत फेला परेकी हुन् । शाह झुण्डिएर अवस्थामा मृत फेला परेकी हुन् । उनी दोस्रो वर्षका विद्यार्थी हुन् ।
साँझ ७ बजेपछिको घटना भएपनि कलेजले आधिकारिक सूचना गरेको छैन ।
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।












