काठमाडौं । गत साताको आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पु¥याएको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक र रोशी गाउँपालिकामा धेरै जनधनको क्षति भएको छ । गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् ।
यसैबीच गृहमन्त्री रमेश लेखकले काभ्रेको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा नम्बर १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका– ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्याएको थियो ।
मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिए ।
तस्बिरः काठमाडौं महानगरपालिका