Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

प्रमुख शाह र उपप्रमुख डंगोलबाट वडा नं.३२ को प्रशासनिक भवन शिलान्यास

प्रमुख शाह र उपप्रमुख डंगोलबाट वडा नं.३२ को प्रशासनिक भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेका हुन् । ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ ।

भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपैयाँ अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।

Subisu

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए ।

भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत, नापी जस्ता महानगरपालिकामा थपिँदै आउने सेवा समेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडाबासीका लागि गौरवको क्षण भएको उनको भनाइ थियो । भवनको गुणस्तरको कुरा गर्दै उनले वडाबासीलाई भने, ‘यसको गुणस्तरीयता कायम गराउन यहाँहरुले समय समयमा आएर कसरी काम भइरहेको छ ? योजना अनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनु पर्छ ।’

त्यस क्रममा धारणा राख्दै उपप्रमुख डंगोलले वडा प्रशासनिक भवन निर्माण हुनुलाई भौतिक संरचनाका रुपमा मात्र नभइ विकेन्द्रीकरणको पूर्वाधारका रुपमा हेरेको बताइन् । ‘महानगरपालिकाभित्रका वडा प्रशासनिक भवनमध्ये यो सबैभन्दा ठूलो संरचना हुनेछ । यसका लागि धेरै लगानी हुनेछ । यो लगानीको प्रतिफलका रुपमा नागरिकका सेवाको अपेक्षालाई सरल, सहज, चुस्त र प्रभावकारी बन्ने अवस्थाको अपेक्षा गरेका छौं’ उनको भनाइ थियो ।

कार्यक्रममा वडाका अध्यक्ष एवं महानगरपालिकाको राजस्व समितिका संयोजक नवराज पराजुलीले वडा प्रशासनिक भवन निर्माण हुनुलाई महत्वका साथ लिएको बताए । वडाले प्राथमिकतामा राखेर गर्नु पर्ने महत्वका थप ५ वटा कामको सूचीमा कुरा गर्दै उनले भने, ‘तीनकुनेको मुआव्जा वितरण विवाद सुल्झाएर त्यस ठाउँमा सुन्दर पार्क बनाउनु, एअरपोर्ट क्षेत्रका घरहरुको पुनःमूल्याङ्कन गरेर व्यवस्थापन गर्नु, नदी किनाराका अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु, जडीबुटी कोटेश्वर सडक खण्डको सवारी चाप कम गरेर आवागमन सहज बनाउनु पर्नेछ र जडीबुटीदेखि पेप्सीकोला चोकसम्म मेलम्चीको पाइपलाइन विछ्याएर पानी वितरण प्रणाली मिलाउनु पर्नेछ । सरकारका वा महानगरपालिकामा जो आए पनि यी काम गर्नुपर्छ ।’

७ हजार ७० वर्गफुट क्षेत्रफल हुने भवनको भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनेछ । २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला ७ हजार २०३ वर्गफुटको हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ । भ¥याङ् छोप्ने भाग ६९० वर्गफुटको हुनेछ । भवनको बाहिर विश्राम स्थल, बगैँचा र भविष्यमा स्वास्थ्य प्रवधैन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ ।

परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा २ वटा लिफ्ट र २ वटा भ¥याङ् हुनेछन् । वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host