काठमाडौं । जम्मु कश्मीरको पहलगाममा आतंकवादी हमलामा मारिएका नेपाली सुदीप न्यौपाने रहेको खुलेको छ । भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको सूचीमा उनको घर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका रहेको उल्लेख छ ।
त्यस्तै आतंकवादी हमलाबाट एक जना नेपाली पनि घाइते भएकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनको अवस्था स्थिर रहेको उल्लेख छ ।
सैनिक पोसाकमा रहेका ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरूको नाम र देश सोध्दै हिन्दु नाम भएका जतिलाई गोली हानेको जनाइएको छ ।
मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा एक नेपालीसमेत कम्तीमा २६ जना मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।













