काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता भएको छ। उनीहरूबीच आज बिहान टेलिफोन वार्ता भएको हो।
वार्तापछि सामाजिक सञ्जाल एक्समा लेख्दै मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भएको जानकारी दिए। वार्तामा मोदीले नेपाल सरकारलाई भारतको बलियो समर्थन रहेको उल्लेख गरे।
उनले लेखे, ‘हालै भएको दुःखद मृत्युप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने उनको प्रयासप्रति भारतको दृढ समर्थनलाई पुनः पुष्टि गरें।’
यस्तै उनले आफूले भोलि नेपालमा मनाइने संविधान दिवसमा प्रधानमन्त्री कार्की र नेपाली जनतालाई शुभकामना व्यक्त गरेको उल्लेख गरे।












