काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारीमा लिएका कामहरू समयमै पूरा नगरेका आठवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त प्रस्ताव अनुसार ती कम्पनीहरूलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१०) अनुसार कालो सूचीमा राखिएको जानकारी दिएको छ।
कालो सूचीमा राखिएका कम्पनीहरू आगामी एकदेखि दुई वर्षसम्म कुनै पनि सरकारी खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
कालो सूचीमा राखिएका कम्पनीहरू













