Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

स्थायी सरकार गठन हुन लागेकामा निजी क्षेत्रमा आशा पलाएको छ : अध्यक्ष अग्रवाल

स्थायी सरकार गठन हुन लागेकामा निजी क्षेत्रमा आशा पलाएको छ : अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले स्थायी सरकार गठन हुन लागेकामा निजी क्षेत्रमा आशा पलाएको बताएका छन्। नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारणसभा तथा १७औँ अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

अग्रवालले निरन्तरको राजनीतिक अस्थिरताका कारण निजी क्षेत्रले अपेक्षाअनुसार काम गर्न नसकेको स्मरण गराउँदै झण्डै दुईतिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा गठन हुन लागेको स्थायी सरकारले निजी क्षेत्रका समस्या समाधान गर्दै मनोबल उच्च बनाउने र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने अवसर सदुपयोग गर्नेमा निजी क्षेत्र आशावादी र उत्साहित रहेको बताए।

Subisu

उनले रास्वपाको वाचापत्रमा उल्लेख गरिएको ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यप्रति आफू उत्साहित रहेको पनि बताए।

अग्रवालले नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) अवस्थामा पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०८१/८२ मा ४.४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड-१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापन अभावका कारण अवस्था बिग्रिएको बताए।

‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर अवस्थामा पुगेको छ। अर्थतन्त्र शिथिल छ। आर्थिक वर्ष ०८१/८२ मा ४.४ प्रतिशत वृद्धिदरको प्रक्षेपण गरिएको थियो। तर कोभिड-१९ को प्रभाव र त्यसपछिको व्यवस्थापन अभावका कारण भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’ हुन पुग्यो,’ उनले भने।

आन्दोलनका क्रममा निजी क्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा झण्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको र यसले समग्रऔद्योगिक तथा व्यावसायिक वातावरणमा नकारात्मक असर पारेको उनले बताए। यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको उनको भनाइ थियो।

अग्रवालले अपार प्राकृतिक स्रोतले सम्पन्न देश भए पनि राजनीतिक तथा आर्थिक नीतिगत स्थायित्व अभावका कारण आर्थिक समृद्धि हासिल गर्न नसकिएको बताए। साथै, युवा जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना गर्न नसकिएको पनि उनले उल्लेख गरे।

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागलाई महत्वपूर्ण ठहर गर्दै यी विषय देश विकासका आधारस्तम्भ भएको बताए।

उनले सुशासनलाई युवाको भविष्यप्रतिको भरोसाका रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेको अनुभव स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। ‘जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार निवारण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका माग विकासका पहिलो खुड्किला हुन्। सुशासन युवाको भविष्यप्रतिको भरोसा हो। विदेशमा हासिल गरेको अनुभव देशमै प्रयोग गर्न आवश्यक छ,’ उनले भने।

अग्रवालले जेनजी आन्दोलनपछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताए। तर हालै सम्पन्न निर्वाचन परिणामले आशा जगाएको उल्लेख गर्दै आगामी सरकारले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरे। ‘जेनजी आन्दोलनपछि देश संवेदनशील मोडमा पुगेको थियो। तर हालैको निर्वाचन परिणामले ठूलो आशा जगाएको छ। आगामी सरकारले निजी क्षेत्रको सुरक्षा प्रत्याभूति दिनुपर्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host