काठमाडौं । सूर्यसँग मानवसहित प्राणी जगतको सम्बन्धमा आधारित सांस्कृतिक पर्व छठका लागि काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको कमलपोखरी श्रद्धालुहरुको उपासनाका लागि तयार गरिएको छ ।
बत्तीको उचित व्यवस्थापन गरेर आकर्षक बनाइएको छ । अहिले यो ठाउँको सजावट हेर्न टाढाटाढाबाट सर्वसाधारणहरु आएका छन् ।
यससँगै वडा नं. ८ को गौरीघाट, वडा नं. ११ को वंशीघाट, वडा नं. १३ को धौखेल खोला, वडा नं. १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नं. १६ को बालाजु पार्क र वडा नं. ३२ को कोटेश्वर दोभानमा छठ पर्वको तयारी गरिएको छ ।
बिहीबार अस्ताउँदो सूर्यलाई र पर्सि उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यस बीचमा ब्रतालुहरु घाट तथा पोखरी किनारामा बसेर छ्ठी माताको आराधना गर्ने गर्छन् ।
तस्बिरः काठमाडौं महानगरपालिका