सन्दिप वि.क
काठमाडौं । वर्षाले काठमाडौं महानगरपालिका–१ स्थित रहेको ऐतिहासिक कमल पोखरी पानीले भरिएको छ । जसले गर्दा कमल पोखरी रमणीय बनेको छ ।
पोखरी परिसरमा हरियाली बोटबिरुवा, कलात्मक संरचना लगायतले पोखरी आकर्षक बनेको छ । परापूर्व कालमा यो पोखरीमा कमलको फूल फूल्ने भएकाले यसको नाम कमलपोखरी रहन गएको किंवदन्ती छ । तर अहिले यहाँ कमल फुल्दैन । भूकम्प गएसँगै क्षति भएको यो पोखरीको काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको छ। २०३३ सम्म यो पोखरी ४६ रोपनीमा थियो । अहिले २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ ।
अहिले पुनर्निर्माण गरिएको पोखरी सर्वसाधारणका लागि खुला भएको छ । गर्मी मौसममा पोखरी हेर्दै शीतल खानेको भिड देख्न सकिन्छ । बिहान साँझ ’वाक’ का लागि मानिसहरू यहाँ आउने गर्छन् ।
तस्बिरमा हेर्नुहोस्