Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी
Subisu

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ अहिले केवल एक निर्वाचन क्षेत्र मात्र होइन, नेपाली राजनीतिमा पुस्तान्तरण, नैतिकता र नेतृत्वको चरित्रमाथि बहस हुने केन्द्र बनेको छ । यही बहसको केन्द्रमा उभिएकी छन् – उम्मेदवार कल्पना शर्मा ।

संघर्षबाट आएको राजनीतिक चेतना

कल्पना शर्माको राजनीतिक यात्रा कुनै एक दल, पद वा सत्तासँग सीमित छैन । उनी आफूलाई “आन्दोलन र मुद्दाबाट निर्माण भएको नेतृत्व” को रूपमा प्रस्तुत गर्छिन् । भ्रष्टाचार र बेतिथिको विरुद्ध बुलन्द आवाज उठाउने, सुशासन र सामाजिक न्यायको पक्षमा अडिग रहने उनको सार्वजनिक अभिव्यक्ति आजको राजनीतिक परिवेशमा सामान्य नारा मात्र होइन, सार्वजनिक अपेक्षासँग मेल खाने राजनीतिक प्रतिबद्धताका रूपमा हेरिन थालेको छ ।

महिला अधिकारको सवालमा निरन्तर सक्रियता, असहाय र पीडित नागरिकका लागि अदालतसम्म पुग्ने प्रतिवद्धताले शर्मालाई केवल राजनीतिक उम्मेदवार नभई सामाजिक अभियन्ताको पहिचान दिएको देखिन्छ ।

‘जेनजी’ र ‘पाका पुस्ता’बीच सेतु बन्ने प्रयास

शर्माले आफूलाई युवाको आवाज-विशेषतः जेनजी पुस्ताको प्रतिनिधिको रूपमा अघि सारेकी छिन् । तर उनको राजनीतिक प्रस्ताव केवल युवामुखी नारामा सीमित छैन । उनले पाका पुस्ताको अनुभवलाई जेनजी पुस्तामा पुस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेकी छिन्, जसले पुस्ताबीचको टकराव होइन, समन्वयको राजनीति संकेत गर्छ ।

यो दृष्टिकोण काठमाडौं–५ जस्तो शहरी, शिक्षित र चेतनशील मतदाता भएको क्षेत्रमा विशेष अर्थ राख्छ, जहाँ परिवर्तन चाहिन्छ तर अस्थिरता होइन भन्ने भावना बलियो देखिन्छ ।

विगतका निर्वाचन र आजको प्रश्न

शर्माले विगतका दुई निर्वाचनमा खेलेको भूमिकाले आजको उनको उम्मेदवारीलाई थप रोचक बनाएको छ । २०७४ मा तत्कालीन एमालेका ईश्वर पोखरेललाई जिताउन नेकपा माओवादी केन्द्रको कमाण्डर बनेर हिँडेकी थिइन । २०७९ मा नेपाली कांग्रेसका प्रदीप पौडेललाई जिताउन घर–घर पुगेको अनुभव उनीसँग छ । यी दुवै निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले एमाले र कांग्रेससँग चुनावी गठबन्धन गरेको थियो ।

शर्मा अहिले दलभन्दा मुद्दालाई प्राथमिकता दिने नेतृको रूपमा प्रस्तुत भएकी छिन् । शर्माको तर्क स्पष्ट छ । ईश्वर पोखरेलजस्ता पाका नेताले अब छोरी पुस्तालाई सघाउने राजनीतिक परिपक्वता देखाउनुपर्ने समय आएको छ । प्रदीप पौडेल जेनजी आन्दोलनको पृष्ठभूमिमा मन्त्रीसमेत भइसकेको अवस्थामा फेरि उम्मेदवार बन्नु नैतिक हिसाबले पनि प्रश्नयोग्य रहेको उनको दाबी छ ।

नैतिकता भर्सेस सत्ता–केन्द्रित राजनीति

काठमाडौं–५ को चुनावी बहस अहिले “को जित्छ ?” भन्दा पनि “को जित्नुपर्छ ?” भन्ने प्रश्नतर्फ मोडिएको देखिन्छ । लामो समयदेखि सत्ता, पद र अवसर पाएका नेताहरू पुनः मैदानमा उत्रँदा मतदाताले नैतिकता, उत्तरदायित्व र परिणाम खोजिरहेका छन् ।

यही सन्दर्भमा कल्पना शर्माको उम्मेदवारीलाई धेरैले नैतिक विकल्पका रूपमा हेर्न थालेका छन् । किनकी शर्मा हालसम्म मन्त्री नबनेको, सत्ताको स्वाद नचाखेको, तर आन्दोलन, संघर्ष र मुद्दामा खारिएको पृष्ठभूमिलाई आफ्नो राजनीतिक पूँजी बनाएकी छिन् ।

माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा शर्माले दिएको सन्देश स्पष्ट थियो – काठमाडौं–५ लाई अब पुरानै अनुहार र पुरानै शैलीले होइन, नयाँ सोच र जवाफदेही नेतृत्वले प्रतिनिधित्व गर्नुपर्छ । किनकी यहाँका मतदाताको मनोविज्ञान बुझ्दा, यहाँका नागरिक विकासभन्दा बढी सुशासन, पारदर्शिता र राजनीतिक इमान्दारी खोजिरहेका छन् । यहीँ बिन्दुमा शर्माको एजेन्डा मतदाताको अपेक्षासँग प्रत्यक्ष जोडिन्छ ।

कल्पना शर्माको उम्मेदवारी कुनै बाध्यताबाट आएको राजनीतिक निर्णय होइन । यो विकल्प निर्माणको प्रयास हो पुस्तान्तरण, महिला नेतृत्व, नैतिक राजनीति र मुद्दा–आधारित प्रतिनिधित्वको विकल्प ।

काठमाडौं–५ मा परिवर्तनको बहस निर्णायक मोडमा पुगेको छ । यदि मतदाताले पुरानै अभ्यास दोहोर्‍याउने कि नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने भन्ने प्रश्नको उत्तर खोजिरहेका छन् भने कल्पना शर्मा त्यस उत्तरको केन्द्रमा उभिएको नाम बन्न सक्छिन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host